०८ साउन २०८३, शुक्रबार

रुरु गाउँपालिकाका बासिन्दालाई अब निःशुल्क रगत

चैत ५, २०८०
बुटवल
रुरु गाउँपालिकाका बासिन्दालाई अब निःशुल्क रगत

गुल्मीको रुरुक्षत्रे गाउँपालिकाका बासिन्दालाई निःशुल्क रगत उपलब्ध हुने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा केन्द्र र रुरुक्षेत्र गाउँपालिकाबीच नि:शुल्क रगत उपलब्ध गर्ने गरी सोमवार बुटवलमा सम्झौता भएको हो ।

बुटवलमा रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र स्वास्थ्य शाखा अधिकृत छत्रबहादुर अधिकारी तथा सोसाइटी रुपन्देही शाखाका सभापति दीपक क्षेत्री न्यौपाने र सदस्य सचिव राधा ज्ञवालीबीच उक्त सम्झौता भएको हो ।

गुल्मीको दोस्रो पालिकाका रुपमा रुरुले सम्झौता गरेको हो ।

कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले रुरुका बासिन्दालाई रुपन्देही पायक पर्ने भएकाले सेवाग्राहीलाई लक्षित गरी सेवाको भावनाका साथ काम सम्झौता गरिएको जानकारी दिए।

विपन्न नागरिकहरू सेवा लिन आउँदा सहज रुपमा रगत उपलब्ध गराउने गरी समन्वयकारी भूमिका खेल्न उनले सुझाव दिएका छन् ।​ पालिकाले स्थानीयको स्वास्थ्यका लागि विविध काम गर्दै आएको उनले बताए ।​

स्थानीय सरकार जनताको स-साना आवश्यकता पूरा गर्ने गरी अभियानमा आफू लागेको उनको भनाइ छ । मासिक रुपमा रगत उपलब्ध गराएको रिपोर्ट पठाउने र त्यसबापत भुक्तानी हुने उनले जानकारी दिए ।

रेडक्रस रुपन्देही शाखाका सभापति दीपक क्षेत्री न्यौपानेले प्रत्येक वर्ष रगतको माग बढ्दो रहेको बताए । 

पालिकाको परिचयपत्रको आधारमा नि:शुल्क रगत उपलब्ध गराउँदै आएको उनले बताए । रगत व्यवस्थापन चुनौतीको विषय भएको उनको भनाइ छ।

यता लुम्बिनी प्रदेश सरकारले प्रदेशवासीलाई नि:शुल्क रगत घोषणा गरेको छ । जसले गर्दा सरकारी अस्पतालमा सेवा लिने विरामीहरूलाई सहज भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्