२५ असार २०८३, बिहीबार

शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का

चैत ६, २०८०
काठमाडौं
शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको हो । 

हालैको मन्त्रीस्तरीय निर्णयबाट  शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरिएको शिक्षा मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी बताए ।

उनका अनुसार सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गरिने छ ।

salt training

कमेन्ट गर्नुहोस्