
कथाकार परशु प्रधानको निधन भएको छ । ८० वर्षको उमेरमा उनको गएराति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार छोरा प्रतीकले बताए ।
स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी छन् । बाह्रखरी डटकमका प्रधान सम्पादकसमेत रहेका छोरा प्रतीक डिजिटल मिडिया सोसाइटीका अध्यक्षसमेत हुन् ।
स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका थिए । उनका ‘वक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्द्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’कथा सङ्ग्रह प्रकाशित कृति हुन् ।