
रियालिटी शो कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी रिहा भएका छन् । सवारी दुर्घटनापछि भक्तपुरबाट प्रहरी नियन्त्रणमा रहेका उनी हाजिर जमानीमा रिहा भएका हुन् ।
घाइतेको सबै उपचार खर्च बेहोर्ने शर्तमा उनलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले जानकारी दिए ।
दुर्घटनामा कमेडियन सुशान्त बस्याल गम्भीर घाइते भएका छन् । उनको टाउकाको अपरेसन गरिएको र अहिले पनि आईसीयुमै रहेका छन् ।
बिहीबार निर्देशक भण्डारीले चलाएको बा–१–०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाते नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिपरसँग ठोक्किएको थियो ।