०६ असार २०८३, शनिबार

चीनतर्फको निर्यातमा सुधार

चैत १२, २०८०
काठमाडौं
चीनतर्फको निर्यातमा सुधार

कोरोना   सङ्क्रमणका   कारण   घटेको   चीनसँगको निर्यात व्यापारमा क्रमिक सुधार आउन थालेको छ । सुरक्षाको कारण देखाउँदै नेपालसँग जोडिएका भन्सार नाकासमेत लामो समय बन्द हुँदा नेपालबाट सोझै चीनतर्फ हुने निर्यात प्रभावित भएको थियो ।

 यद्यपि कोरोना सङ्क्रमणको असर कम हुन थालेपछि भन्सार नाकासमेत नियमित सञ्चालनमा आएपछि निर्यातमा उल्लेख्य सुधार देखिन थालेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार चालु आर्थिक वर्ष आठ महिनासम्म (साउन–फागुन) मा नेपालले चीनतर्फ एक अर्ब ९५ करोड रुपियाँको वस्तु निर्यात गरेको छ ।

यो २०७९ को सोही अवधिसम्मको तुलनामा करिब चार गुणाले बढी हो । गत वर्ष फागुनसम्म नेपालले ५१ करोड रुपियाँको वस्तु चीनमा निर्यात गरेको थियो । एकै वर्षको अन्तरमा चीनतर्फको निर्यातमा  उच्चतम  सुधार  देखिएको  विभागकै  तथ्याङ्कले पुष्टि गर्छ । विभागका  अनुसार  फागुनसम्म  चीनमा  सबैभन्दा  धेरै  ३१  करोड  २२  लाख  रुपियाँको  गलैँचा निर्यात भएको छ ।

त्यसपछि टेबल तथा भान्साका  लागि  उपयोगी  वस्तुहरू  २५  करोड  ३७ लाख रुपियाँको निर्यात भएको छ । नेपाली यार्सागुम्बाको सबैभन्दा ठुलो बजारसमेत रहेको चीनमा फागुनसम्म २२ करोड ८७ लाख रुपियाँको उक्त जडीबुटी निर्यात भएको छ । गोरखापत्रमा खबर छ। 

salt training

कमेन्ट गर्नुहोस्