१५ असार २०८३, सोमबार

अनलाइन फार्मेसीबाट अवैध कारोबार : औषधि खरिद नगर्न विभागको आग्रह, गरे कारबाही

चैत १४, २०८०
काठमाडौं
अनलाइन फार्मेसीबाट अवैध कारोबार : औषधि खरिद नगर्न विभागको आग्रह, गरे कारबाही

​औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रमात्मक प्रचार गरी बिक्रीवितरण गर्न पाइएकाले अनलाइन फार्मेसी बन्द गर्न निर्देशन दिएको बताए ।​​

अहिलेसम्म विभागमा अनलाइन फार्मेसीको स्वीकृत नलिएको र त्यसरी सामाजिक सञ्जालको प्रयोग गरी अनलाइन फार्मेसीका नाममा विभिन्न छुट उल्लेख गरी औषधि गैरकानूनी रुपमा बिक्री वितरण गरिएको महानिर्देशक ढकालले बताए ।

अनलाइन फार्मेसीका नाममा औषधिको भ्रमात्मक प्रचार गरी छुटलगायत प्रलोभन देखाई बिक्री वितरण गरेको पाइएको उनले बताए ।

औषधि ऐन, २०३५ को दफा १९ बमोजिम औषधिको झुट्टा तथा भ्रमात्मक प्रचार गर्न नहुने कानूनी व्यवस्था छ ।

'सामाजिक सञ्जाल वा पत्र-पत्रिकामा औषधिको विज्ञापन गर्नुपूर्व औषधि ऐनको दफा १९ बमोजिम यस विभागबाट पूर्वअनुमति लिनुपर्ने स्पष्ट कानूनी व्यवस्था छ', महानिर्देशक ढकालले भने ।

अनलाइन फार्मेसीबाट बिक्री वितरण गरिएका औषधिको सुरक्षितता, गुणस्तरीयता र प्रभावकारिताका सम्बन्धमा उपभोक्ता आफैं जिम्मेवार हुनुपर्ने विभागले भनेको छ ।

साथै त्यस्ता अनलाइन फार्मेसीबाट औषधि खरिद गरी सेवन नगर्न/नगराउन पनि विभागले सबैमा आग्रह गरेको छ।

अनलाइन फार्मेसी सञ्चालन गरेको पाइएमा कानूनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्