०६ असार २०८३, शनिबार

ई–७ भिसामा नेपाली श्रमिक दक्षिण  कोरिया  पठाउनेबारे छलफल

चैत १५, २०८०
काठमाडौं
ई–७ भिसामा नेपाली श्रमिक दक्षिण  कोरिया  पठाउनेबारे छलफल

दक्षिण कोरियाली पक्षबाट ई–७ भिसामा नेपाली श्रमिक दक्षिण  कोरिया  पठाउने  सम्बन्धमा  श्रम,  रोजगार  मन्त्रालय  भएका निर्णय र सञ्चारमाध्यममा आएका विषयप्रति चासो व्यक्त भएको छ । श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री डोलप्रसाद अर्यालसँगको भेटमा दक्षिण कोरिया राजदूत पार्क टाई योङ्गले यस्तो चासो व्यक्त भएको हो ।

सो अवसरमा श्रममन्त्री अर्यालले ई–७ भिसाको विषयमा अध्ययन तथा छलफल गरिरहेको एवं आफ्नो प्राथमिकता नेपाली श्रमिकको अधिक हित र सुरक्षा रहेको बताउँदै इपिएस प्रणाली र ई–७ भिसा प्रणालीलाई आबद्ध गरी नेपाली श्रमिक दक्षिण कोरिया पठाउन सकिने विषयमा राजदूतसँग जिज्ञासा राखेका छन् ।

राजदूत पार्कले रोजगार अनुुमति प्रणाली इपिएस (ई–९ प्रणाली) र ई–७ भिसा प्रणाली फरक भएको यी दुुई प्रणालीलाई आबद्ध गराउन समय लाग्ने हुँदा जुनसुकै प्रणालीबाट आफ्नो देशमा  श्रमिक  पठाउँदा  नेपाली  श्रमिकलाई  अनावश्यक  आर्थिक भार नपरोस् भन्नेतर्फ आफू र आफ्नो देश सचेत रहेको स्पष्ट गरेको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्