१३ असार २०८३, शनिबार

ब्लकबस्टर फिल्महरूका निर्देशक क्रिस्टोफरले ‘नाइटहुड’ उपाधि पाउने

चैत १६, २०८०
काठमाडौं
ब्लकबस्टर फिल्महरूका निर्देशक क्रिस्टोफरले ‘नाइटहुड’ उपाधि पाउने

विश्वका उत्कृष्ट फिल्म निर्देशकमा क्रिस्टोफर नोलनको नाम अवश्य नै आउँछ । यिनै निर्देशक क्रिस्टोफरले बेलायत सरकारले प्रदान गर्ने ‘नाइटहुड’को उपाधि पाउने भएका छन् । बेलायत सरकारले बिहीवार यसको घोषणा गरेको हो ।

उनले ‘द डार्क नाइट’ र ‘ओपेनहाइमर’जस्ता कैयौं ब्लकबस्टर फिल्म दिएका छन् । फिल्म ‘ओपेनहाइमर’ले त यस वर्षको ओस्कार अवार्डमा ७ विधामा अवार्ड नै उचाल्यो । ओस्कारमा उनले ‘बेस्ट डिरेक्टर’को अवार्ड पोल्टामा पारे । उनले पहिलोपटक ओस्कार जितेका हुन् ।

अब यिनै क्रिस्टोफरलाई बेलायत सरकारले ‘नाइटहुड’को उपाधि दिने घोषणा गरेको हो ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले बिहीवार सम्मानित हुनेको सूची सार्वजनिक गरेका छन् । सम्मानको सूचीमा क्रिस्टोफरकी श्रीमती तथा फिल्म निर्माता एम्मा थोमसको पनि नाम छ ।

उनलाई ‘हेमहुड’ अर्थात ‘नाइटहुड’ बराबरको महिला सम्मान प्रदान गरिनेछ । जसमा कन्जर्भेटिभ राजनेता र टेक उद्योगका नेता पनि सामेल छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्