
पोखराको अर्चलेमा दुई जना घाइते हुने गरी भएको बस दुर्घटनाको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखराका लागि छुटेको ग १ ख ८६८० नम्बरको बस शनिवार बिहान अर्चलेमा दुर्घटना हुँदा बसका चालक टीकाराम विक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
अहिले बस दुर्घटना भएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
बीच सडकमा ठाडो बनेको बसको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो ।