
नेपालमा बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक सम्मानित भएको छ ।
चीनको सियानमा आयोजित प्रतिष्ठित बीवाईडी एशियाप्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित बनेको हो ।
साइमेक्सले एशियाप्यासिफिक मेजर कन्ट्रिब्युसन डिष्ट्रिब्युटर अवार्ड र सेल्स कन्ट्रिब्युसन अवार्ड गरी दुई महत्त्वपूर्ण पुरस्कार प्राप्त गरेको थियो ।
अपेक्षित थप उपलब्धि हासिल गर्दै र उल्लेखनीय बिक्री कार्यमा अगाडि बढ्दै साइमेक्स इंक एशियाप्यासिफिक क्षेत्रकै प्रमुख वितरक बन्न सफल भएको छ ।
अन्तर्राष्ट्रिय मञ्चहरूमा प्राप्त उल्लेखनीय उपलब्धि बाहेक साइमेक्स इंकले चीनको सियानमा नेपाल एनुअल डिलर्स मिट २०२४ समेत आयोजना गरेको छ ।
नेपालमा बीवाईडी डिलरहरूको बीचमा आपसी सहयोग बढाउन, ज्ञान आदानप्रदान गर्न र सहकार्यलाई बलियो बनाउनका लागि इभेन्टले एउटा प्लेटफर्मको कार्य गरेको कम्पनीले जनाएको छ ।