२४ जेठ २०८३, आइतबार

ध्यानले आफैँलाई चिन्न सिकाउँछ– उपप्रधानमन्त्री श्रेष्ठ

चैत २३, २०८०
बुटवल
ध्यानले आफैँलाई चिन्न सिकाउँछ– उपप्रधानमन्त्री श्रेष्ठ

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दुईदिने ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ शुक्रबारदेखि शुरू भएको छ । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसर पारेर आयोजना गरिएको महोत्सवको उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रवार उद्घाटन गरे । 

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले ध्यानको माध्यमबाट सामाजिक रुपान्तरण गर्नुपर्ने बताए । ध्यानले आफैँलाई चिन्न सिकाउने उनको भनाइ थियो ।

उनले आफूलाई चिन्ने व्यक्ति समाजमा पछि पारिएकाको पक्षमा लड्ने र सिंगो मानवजातिको मुक्तिको पक्षमा उभिने बताए । 

बुद्धमार्ग शान्ति र ध्यान एकअर्काका परिपुरक भएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले लुम्बिनीलाई बुद्धमार्गसँगै ध्यान केन्द्रको रुपमा पनि विकास गर्नुपर्ने औंल्याए । 

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले बुद्ध जन्मस्थल नेपाल र बौद्धमार्गीहरूको अधिक संख्या रहेको चीनबीच धार्मिक तथा सांस्कृतिक रुपमा अन्योन्याश्रित सम्बन्ध रहेको बताए । 

महोत्सव नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष र प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजना तथा लुम्बिनी होटल संघलगायत संघसंस्थाहरूको सहआयोजनामा शुरू गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्