
सिस्नपानी नेपालले गायिका मेनुका पौडेलालाई सम्मान गरेको छ। घोडेजात्राको अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठानमा ‘राष्ट्र’ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गायिका पौडेललाई एक लाख रुपैयाँसहित सम्मान गरेका हुन् ।
सम्मान ग्रहरणपछि गायिका पौडेलले राष्ट्र गायन गरेकी थिइन् ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी थिए ।
‘राष्ट्र' शीर्षकको गीत शिशिर योगीले गाएका थिए । गीतको शब्द टंक आचार्यको रहेको थियो । संगीत संयोजन अशोक राईले गरेका थिए ।
सीता सुवेदी र सरोज लामिछानेले विशेष नृत्य र चित्रकला देखाएका थिए भने लक्ष्मण गाम्नागे र अर्जुन पराजुलीले कविता प्रस्तुत गरेका थिए।
अबको नेपालबारे प्रेन्सा रेग्मीले आफ्नो विचार प्रस्तुत गरेकी थिइन् भने मिथिला नाट्य परिषद्ले देशभक्त झल्किने मिथिला नृत्य देखाएको थियो । नेपाली सेनाले जय जय जय गोर्खाली शीर्षकको गीतमा राष्ट्रभक्ति नृत्य देखाएको थियो ।

मनोज गजुरेल र चक्र दवाडीले शहिदगेट शीर्षकममा प्रस्तुति दिएका थिए । कार्यक्रमको अन्त्यमा भक्तराज आचार्य स्मृति गीत प्रस्तुत गरिएको थियो । जसममा दीप श्रेष्ठ, दीपक खरेल, मीरा राणा, मुरलीधर, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, संगीता राना प्रधान, लोचन भट्टराई, कुन्ति मोक्तान, देविका बन्दना, आनी छोइङ, धिरेन्द्र प्रेमर्षि, सत्यराज र स्वरुपराज आचार्यले सामूहिक प्रस्तुति दिएका थिए।

कार्यक्रमका परिकल्पनाकार तथा संयोजक टंक आचार्यले राष्ट्र हामी सबैको आस्था र आमा रहेको भन्दै भूगोल जनता सरकारभन्दा माथि राष्ट्र रहनुपर्ने सन्देश दिन कार्यक्रम निर्माण गरेको बताए । ‘राष्ट्र भन्नु मुर्त कुराका साथै अमूर्त भाव र सम्मान पनि हो । आज यति सुन्दर राष्ट्र छोडेर जिविकोपार्जनका लागि विदेशीने कर्मशिल नेपाली र सँधैको लागि विदेश पलायन हुनेको संख्या निकै बढेको छ। कतिपय नागरिक यसै राष्ट्रमा बसेर पनि निराशाको बादलमा रूमलिएको पाइन्छ। राष्ट्र निर्माणमा अतुलनिय योगदान दिने कति व्यक्ति र विषय ओझेलमा परेका छन्’, संयोजक आचार्यले भने, ‘यसै सन्दर्भमा नेपाली समाजको एकता र समृद्धि राष्र् र राष्ट्रियताप्रतिको भकक्तिभाव एवं हाम्रो आगामी कर्तव्य प्रस्तुत गर्नने उद्देश्यले ‘राष्ट्र’ शिर्षकमा कार्यक्रम गरिएको हो। मानवमूल्य र इतिहिप्रतिको सम्मान, वर्तमानको जिम्मेवारी र भविष्यको बाटो प्रस्तुत हुने गरि साहित्य कला र विचारको कार्यक्रम गरिएको हो।'