१३ असार २०८३, शनिबार

नेपाल टेलिकमको स्प्रिङ अफर : ३५ रुपैयाँमा अनलिमिटेड प्याक !

चैत ३०, २०८०
काठमाडौं
नेपाल टेलिकमको स्प्रिङ अफर : ३५ रुपैयाँमा अनलिमिटेड प्याक !

नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरू उपलब्ध गराएको छ ।

यस अफर अन्तर्गत कम्पनीले विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार २०८० चैत ३० गतेदेखि लागू भएको अफरमा १८ रुपैयाँमा १ दिनसम्म सबै नेटवर्कमा कल गर्न सकिने (अल नेट) २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध छ ।

यस्तै, ३५ रुपैयाँमा २ घण्टासम्म प्रयोग गर्न सकिने अनलिमिटेड प्याक उपलब्ध छ । यी बाहेक विभिन्न दरका भ्वाइस, डाटा र एसएमएस प्याक समेत उपलब्ध छन् ।

यस्ता छन् प्याकहरू​

  • नयाँ भ्वाइस प्याकेज अन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिन सम्म जुनसुकै समय र जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक रु. ५९९ मा उपलब्ध हुनेछ । ​

  • नयाँ डाटा प्याकेज अन्तर्गत रु. २४ मा वान आवर भ्वाइस एन्ड डाटा प्याके उपलब्ध हुनेछ । सो प्याकेज खरिद गरेमा एक घण्टा सम्म कम्पनीकै नेटवर्कमा (अन–नेट) अनलिमिटेड कल गर्न र डाटा चलाउन सकिन्छ । त्यसैगरी रु. २० मा १ दिनका लागि ६०० एमबी डे डाटा प्याक र रु. ८० मा ३ दिन सम्म चलाउन सकिने तथा रु. १०९ मा ७ दिन सम्म चलाउन सकिने ३ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यी बाहेक रु. ३९९ मा २८ दिन सम्म चलाउन सकिने १३ जीबी डाटा प्याक उपलब्ध हुनेछ । 

  • यसैगरी प्रिपेड तथा पोस्ट पेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याकहरू परिमार्जन गरिएको छ भने नयाँ प्याकेजको रुपमा सजिलो एक्जुकेटिभ प्याक सञ्चालन भएको छ । ​

  • जीएसएम टुजी वा थ्रीजी सिम प्रयोगकर्ताहरूलाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइने भएको छ । यसरी टुजी वा थ्रीजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा ३ जीबी डाटा, १०० मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्