![प्रमोद खरेल र अञ्जु पन्तको स्वरमा आयो नयाँ गीत 'तिम्रो मेरो दिलको बास' [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Timro_Mero_Dilko_Bas_ilJPVCJgea.jpg)
गायक प्रमोद खरेल र गायिका अञ्जु पन्तको स्वरमा 'तिम्रो मेरो दिलको बास' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सगरमाथा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा सन्तोष श्रेष्ठको शब्द तथा संगीत रहेको छ ।
साथै गीतको म्युजिक एरेन्ज कमल सौरागले गरेका छन् ।
माया प्रेम र कल्पनालाई प्राथमिकता दिएर शब्द रचना गरिएको गीतको भिडियोमा शिल्पा पोखरेल र अनुपजङ्ग थापाले फिचरिङ गरेका छन् ।
एअन म्युजिसियन स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् ।
भिडियोको सम्पादन मीन रावलले गरेका छन् भने मुकेश हुमागाईंले छायाङ्कन गरेका हुन् ।