
नागरिक उड्डयन प्राधिकरणले करारमा कर्मचारी नियुक्त गर्नेगरी दरखास्त आह्वान गरेको छ । प्राधिकरणले सहायक पदमा १७ जना कर्मचारी माग गरेको हो ।
रिक्त पदहरुमा स्थायी पदपूर्ति भएमा स्वतः हट्नेगरी हाललाई अस्थायी कर्मचारी माग गरिएको प्राधिकरणको सूचनामा उल्लेख छ । इच्छुक उम्मेदवारले वैशाख १३ भित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।
