०५ साउन २०८३, मंगलबार
इँटाभट्टामा जिउँदै कार्यकर्ता जलाएको घटना

कांग्रेस नेता आलमलाई जन्मकैदको फैसला

बैशाख १३, २०८१
काठमाडौं
कांग्रेस नेता आलमलाई जन्मकैदको फैसला

जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको फैसला गरेको छ ।

बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालतका श्रेस्तेदार उद्धव ढोडारीले लोकान्तरलाई जानकारी दिए ।

अदालत​ले उनीसहित ४ जनालाई पनि उस्तै फैसला सुनाएको छ । जसमा आलमका भाइलगायत छन् । 

विसं ०६४ को संविधानसभा निर्वाचनताका रौतहटमा इँटाभट्टामा जिउँदै आफ्ना कार्यकता जलाएको घटनाका आलमलगायत दोषी ठहर भएका हुन् ।

संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा आलमको निर्देशनमा बम विस्फोट भएको थियो । त्यसको पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरूलाई इँटा भट्टामा हालेर जलाएको आरोप पूर्वमन्त्री आलमलाई लागेको छ ।

आलम आफैँले विस्फोट गराएर अरुलाई दोष लगाइ चुनाव जित्न चाहन्थे । तर त्यसको पोल २०७६ मा खुलेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्