२४ जेठ २०८३, आइतबार
खडेरीमा स्वास्थ्य सावधानी

मध्यवैशाखको प्रचण्ड गर्मी र प्रदूषणको असरबाट बच्न डा पंगेनीका यस्ता सुझाव [भिडियो]

–डा राजु पंगेनी, छाति रोग तथा सघन उपचार विशेषज्ञ
बैशाख १३, २०८१
काठमाडौं
मध्यवैशाखको प्रचण्ड गर्मी र प्रदूषणको असरबाट बच्न डा पंगेनीका यस्ता सुझाव [भिडियो]

विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । तराई मात्र होइन, काठमाडौंलगायत अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको छ ।

null

मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४६ डिग्री सेल्सियसको हाराहारीमा मापन भएको छ । अहिलेको समयमा तराईका भू–भागमा तातो हावा फैलिरहेको छ, जसलाई ‘लू’ भनिन्छ । तराई भू–भाग तथा देशका पहाडी भागका उपत्यका तथा खोँचहरूमा तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकाले लू लाग्नबाट बच्न आवश्यक शतर्कता अपनाउन आग्रह गर्दै मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन नै जारी गरेको छ ।

बाहिरको तापक्रम जतिसुकै परिवर्तित भएपनि मानव शरीरको आन्तरिक तापक्रम सधैँ ३७ डिग्री सेन्टिग्रेड हुन्छ । तर, शरीरभित्रको यो तापक्रम गर्मी महिनामा बढ्दै जान्छ । त्यसो त अहिले प्राकृतिक रूपले वायुमण्डलको तापक्रम बढिरहेको त छ नै देशभरिका वनजंगलमा लागेको डढेलोका कारण पनि हावा प्रदूषितसमेत छ । यसकारण अहिले अस्पतालहरूमा ज्वरो तथा स्वासप्रश्वाससम्बन्धी समस्याका बिरामीको चाप बढेको चिकित्सकहरू बताउँछन् ।

null

गर्मीमा चर्को घाम र तातो हावाले शरीरको छालालाई अत्यधिक तातो बनाइदिँदा हाम्रो शरीरको आन्तरिक तापक्रम बढ्न पुगेमा यसको असर छाला, आँखा, नाक, मुख हुँदै मुटु, फोक्सो, मिर्गौला तथा मस्तिष्कसम्म असर पर्छ  । ‘लू’ लाग्दा ज्वरो बढ्ने, हातको हत्केला र खुट्टाको पैताला पोल्ने, आँखा पोल्नेजस्ता समस्या देखिन्छन्, जसका कारण बिरामी बेहोश हुने मात्रै होइन, मृत्यु पनि हुनसक्छ । 

हेरौं भिडियोः 

salt training

कमेन्ट गर्नुहोस्