०९ असार २०८३, मंगलबार

इपीएसमार्फत भाषा परीक्षा उत्तीर्णले सेवा परिवर्तन गर्न सक्ने

बैशाख १७, २०८१
काठमाडौं
इपीएसमार्फत भाषा परीक्षा उत्तीर्णले सेवा परिवर्तन गर्न सक्ने

रोजगार  अनुमति  प्रणाली  (इपिएस)  मार्फत  कोरिया  जान  भाषा  परीक्षा  उत्तीर्ण  गरेर  रोस्टरमा  रहेका युवाले आफ्नो सेवा क्षेत्र परिवर्तन गर्न सक्ने भएका छन् । 

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सूचनामार्फत कृषि तथा पशुुपालन र उत्पादनमूलक क्षेत्रतर्फ रोस्टरमा रहेकाले सेवा क्षेत्र परिवर्तन गर्न सक्ने जानकारी गराएको हो । 

सो  शाखाका  अनुसार  सेवा  क्षेत्रका  लागि  तत्काल  परीक्षा  नगर्ने  र  हाल  कृषि,  पशुपालन  र  उत्पादनमूलक  क्षेत्रमा  अन्तिम  चरणमा  छानिएर  रोस्टरमा  रहेका  नेपालीलाई  क्षेत्र  परिवर्तन  गरी  कोरिया जाने अवसर दिएको छ ।

शाखाको सूचनामा रोस्टरको अवधि २०२४ डिसेम्बर ३१ तारिखभित्र वा आगामी पुस १५ गते समाप्त हुने भएकाले इच्छुक व्यक्तिले रोस्टर परिवर्तन गर्न सक्ने छन् । मानव संसाधन विभाग (एचआरडी) कोरियाले रोस्टर  परिवर्तन  गर्न  सक्नेको  नामावलीसहितको  तालिका बिहीबार पठाएको इपिएस कोरिया शाखाले जनाएको छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्