२७ असार २०८३, शनिबार

माइतीघरका अभिनेता सीपी लोहनीको निधन

बैशाख १७, २०८१
काठमाडौं
माइतीघरका अभिनेता सीपी लोहनीको निधन

निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’का अभिनेता सीपी लोहनीको ८६ वर्षको उमेरमा आज दिउँसो काठमाडौंमा निधन भएको छ । 

अल्जाइमर रोगबाट पीडित लोहनीलाई निमोनियाको समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा उनको निधन भएको भतिज एवं पत्रकार विकासप्रसाद लोहनीले जानकारी दिए । 

गीतसङ्गीत क्षेत्रमा विशेष रुचि राख्ने लोहनीले सरकारी सेवा अन्तर्गत अर्थ र उद्योग मन्त्रालयमा समेत काम गरेका थिए । उद्योग मन्त्रालयमा रहँदा विराटनगर जुटमिल र रघुपति जुटमिलमा निर्देशकको जिम्मेवारीमा रहनुभएको थियो ।

वास्तविक नाम चिदम्बरप्रसाद लोहनी भएपनि छोटकरीमा सीपी लोहनीका नाममा चलचित्र तथा गीतसङ्गीत क्षेत्रमा उनी परिचित थिए ।

माइतीघर चलचित्रका अभिनेत्री माला सिन्हासँग विवाह गरेका स्वर्गीय लोहनीको एक छोरी हाल संयुक्त राज्य अमेरिकामा रहेकी पत्रकार लोहनीले जानकारी दिए ।

लोहनीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्