२५ असार २०८३, बिहीबार

ग्लोबल आईएमई बैंकको कान्तिपथ शाखाले गर्‍यो डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम

बैशाख २१, २०८१
काठमाडौं
ग्लोबल आईएमई बैंकको कान्तिपथ शाखाले गर्‍यो डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम

ग्लोबल आईएमई बैंकको कान्तिपथ शाखाले डिजिटल बैंकिङ्गसम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत शुक्रवार ३०० जनाभन्दा बढी ग्राहकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र ट्रान्जिक्सन बैंकिङ विभाग प्रमुख प्रकाश पौडेलले बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवा तथा विभिन्न प्रोडक्टहरूको बारेमा जानकारी गराएका थिए ।

कान्तिपथ शाखाका प्रबन्धक यादव शर्माका अनुसार कार्यक्रमको मुख्य उद्देश्य आफ्ना ग्राहकहरूमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता गराउनु रहेको थियो ।

ग्लोबल आईएमई बैंक लिमिटेड देशको एक अग्रणी बैंकको रुपमा स्थापित बैंक हो  । बैंकमा ४६ लाखभन्दा बढी  निक्षेपकर्ताहरू एवं ६० हजारभन्दा बढी ऋणीहरू रहेका छन्।

आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सेवा सर्वसुलभ तरिकाले पुर्‍याउने हेतुले बैंकले विभिन्न किसिमका डिजिटल प्रोडक्टहरू ग्राहकहरूबीच पस्किँदै आइरहेको छ ।

यो कार्यक्रम विगत केही वर्षदेखि यस बैंकका सबैजसो शाखामार्फत हरेक वर्ष अभियानकै रुपमा सञ्चालन हुँदै आएको छ ।

कार्यक्रममा बैंकले सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी कुनै पनि डिजिटल बैंकिङ सुविधाहरू नलिएका, सुविधा लिएर पनि उक्त सुविधाको भरपूर उपभोग नगरेका तथा नियमित रुपमा उक्त सुविधाहरू प्रयोग गरेका ग्राहकहरूलाई आमन्त्रण गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्