![गीतकार गिरीको नयाँ गीत 'गुनासो'सार्वजनिक [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/gunaso_1_Sftg6TvBl6.jpg)
गीतकार विष्णुकुमार गिरीको नयाँ गीत ‘गुनासो’ सार्वजनिक भएको छ ।
जापानलाई कर्मभूमि बनाउँदै आएका गिरीको शब्द रहेको गीत 'गुनासो' टुलुमुन युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा कमल विष्टको स्वर तथा संगीत रहेको छ भने दर्पण यात्रीले एरेन्ज गरेका छन् ।
प्रेम सम्बन्धमा आउने उतारचढाव, विश्वास र धोकाको भावसहितका शब्द रहेको गीतको म्युजिक भिडियोलाई विमले निर्देशन गरेका हुन् ।
भिडियोमा प्रजित तिमल्सिना, ऋचा न्यौपाने र विश्वराम तिमल्सिनाको अभिनय रहेको छ।
भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन् भने विकास ज्ञवालीको सम्पादन छ ।
यस्तो छ भिडियो