१२ साउन २०८३, मंगलबार

गीतकार गिरीको नयाँ गीत 'गुनासो'सार्वजनिक [भिडियोसहित]

बैशाख २५, २०८१
काठमाडौं
गीतकार गिरीको नयाँ गीत 'गुनासो'सार्वजनिक [भिडियोसहित]

गीतकार विष्णुकुमार गिरीको नयाँ गीत ‘गुनासो’ सार्वजनिक भएको छ ।

जापानलाई कर्मभूमि बनाउँदै आएका गिरीको शब्द रहेको गीत 'गुनासो' टुलुमुन युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा कमल विष्टको स्वर तथा संगीत रहेको छ भने दर्पण यात्रीले एरेन्ज गरेका छन् ।

प्रेम सम्बन्धमा आउने उतारचढाव, विश्वास र धोकाको भावसहितका शब्द रहेको गीतको म्युजिक भिडियोलाई विमले निर्देशन गरेका हुन् ।

भिडियोमा प्रजित तिमल्सिना, ऋचा न्यौपाने र विश्वराम तिमल्सिनाको अभिनय रहेको छ।

भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन् भने विकास ज्ञवालीको सम्पादन छ ।​​

यस्तो छ भिडियो

 

salt training

कमेन्ट गर्नुहोस्