१० साउन २०८३, आइतबार

‘पुजार सार्की’काे ट्रेलर सार्वजनिकः देख्न सकिन्छ अन्तरजातीय प्रेम

बैशाख २५, २०८१
काठमाडौं
‘पुजार सार्की’काे ट्रेलर सार्वजनिकः देख्न सकिन्छ अन्तरजातीय प्रेम

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे ।

आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसाथ रिलिज हुने उक्त चलचित्रको ट्रेलरमा अन्तरजातीय प्रेम र विद्रोहलाई स्थान दिइएको छ । 

कार्यक्रममा चलचित्रका लेखक विकास सुवेदीले ‘पुजार सार्की’ मौलिक कथावस्तु भएकाले यसमा अन्य घटना नजोडिएको दाबी गरे । 

निर्देशक दिनेश राउतले चलचित्रले फरक कथावस्तु उठान गरेकाले दर्शकका लागि नयाँ स्वाद हुने बताए । नायक प्रदीप खड्काले फरक चरित्रमा आफूलाई देखाउन पाउँदा मन खुशी भएको प्रतिक्रिया दिए ।

चलचित्रमा प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य, तारा शर्मा, प्रेम सुब्बा, गोविन्द रमण पराजुली र राजेश बिसुरालको अभिनय छ ।

किङ्गडम नेटवर्कको व्यानरमा सुवास भुसालले निर्माण गरेको चलचित्रमा भुसालकै संगीत, राजेश श्रेष्ठको डीओपी, भरत रेग्मीको सम्पादन र हिमाल केसीको द्वन्द्व छ ।
 

salt training

कमेन्ट गर्नुहोस्