कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ ।
केसीको हृदयघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
उनी बेल्जियममा बसोबास गर्दै आएका थिए ।
दिवंगत केसीको अन्त्येष्टि आज सोमबार बेल्जियममै गरिनेछ ।