
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा मंगलवार उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलाशमा पहिलो नम्बरमै पेशी तोकिएको हो ।
बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई दोषी ठहर गरी कैद सजाय गरिसकेको छ ।
उक्त फैसला बदर हुनुपर्ने मागसहित लामिछानेले उच्च अदालतमा पुनरावेदन गरेका छन् भने पिडित गौशाला २६ ले पनि कम सजाय भएकाले बढी सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन गरेकी हुन् ।