×

२८.६२ अंकले बढ्यो शेयर बजार

काठमाडाैं | जेठ १, २०८१

शेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो । 

मंगलबार ९८ लाख ५५ हजार २८५ कित्ता शेयर ४ अर्ब ८८ करोड ८५ लाख रुपैयाँमा किनबेच भएको छ । सोमबार परिसूचक २४.३९ अंकले बढ्दै नेप्से १९९८.८९ विन्दुमा पुग्दा ९५ लाख ४१ हजार १७ कित्ता सेयर ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँमा किनबेच भएको थियो । 


Advertisment

यसअघि गत आइतबार ८.२६ अंकले बढ्दै शेयर बजार १९७४.५० विन्दुमा पुग्दा ७८ लाख ५७ हजार ३१ कित्ता सेयर ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको थियो । 


Advertisment

आज १३ उपसमूहमा सबै बढेका छन् । सर्वाधिक लघुवित्त ३.४४ र जलविद्युत् उपसमूह ३.२२ प्रतिशतले बढेका छन् ।  

२१९ कम्पनीको शेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् । शेयरमूल्य बढेकाको सूचीमा लहरै ६ वटा लघुवित्त परेका छन् । समाज, उपकार र युनिक नेपाल लघुवित्तको शेयर बढेर सर्किट लागेको छ । जनउत्थान, मानुषी लघुवित्त पनि सर्किटस्तरमा बढेको छ । 

२२ कम्पनीको शेयरमूल्य घट्दा सर्वाधिक हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ता ४.६४ प्रतिशत नोक्सानमा रहे । ३ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

सर्वाधिक कारोबार हुनेमा सीईबीडी हाइड्रोपावर कम्पनी छ । उक्त कम्पनीको १५ करोड ८१ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

यस्तै शाइन रेसुंगा विकास बैंकको ११ करोड ६१ लाख, आरएसडीसी लघुवित्तको ७ करोड ९५ लाख, रिडी पावरको ७ करोड ३८ लाख र स्वावलम्बन लघुवित्तको ७ करोड २९ लाखको शेयर किनबेच भएको छ । 
 

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

जेठ २४, २०८१

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार पनि ओरालो लागेको छ । लगातार ओरालो लागेको बजार बिहीवार पुनः थप ओरालो लागेको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ९३ अङ्क...

जेठ १९, २०८१

माछापुच्छ्रे बैंक लिमिटेडले त्रिभुवन जन माध्यमिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतको शारदा नगरपालिका वडा नम्बर १५ माल्नेटामा रहेको विद्...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

जेठ २०, २०८१

हिमालयन बैंक लिमिटेडले विराटनगर शाखा- २ लाई विराटनगर महानगरपालिका वडा नम्बर १२ रोडशेष चोकमा स्थानान्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात नजिक भएका शाखालाई स्थानान्तरण ...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x