०९ साउन २०८३, शनिबार

काठमाडौं महानगरले शुरू गर्‍यो लोकसेवा तयारी कक्षा

जेठ ६, २०८१
काठमाडौं
काठमाडौं महानगरले शुरू गर्‍यो लोकसेवा तयारी कक्षा

काठमाडौं महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा शुरू गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आह्वान गरिएको थियो । 

यस सूचनाका आधारमा २०५ जनाको आवेदन परेको थियो । आवेदकमध्ये १७७ जना छनोट गरेर चैतन्य एकेडेमीसँगको सहकार्यमा कक्षा शुरू गरिएको महानगरले जनाएको छ । 

यसरी कक्षा लिनेमा ७२ जना नायब सुब्बा र खरिदार पदका लागि छन् । 

यस्तै १०५ जना शाखा अधिकृत पदका लागि पनि छन् । 

आइतबार कार्यक्रम थालनी गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले व्यवस्थित समाज र समृद्ध नगर निर्माणका लागि पूर्वाधार विकास र सामाजिक विकाससँगै वौद्धिक विकासका कार्यक्रम एकैपटक सञ्चालन गर्न थालिएको बताए । 

नेपाल सरकारका पूर्वसचिव एवम कक्षाका स्रोत व्यक्ति गोपीनाथ मैनालीले वौद्धिक क्षमता र सिर्जनात्मक लेखन सीप भएका व्यक्तिले सजिलै लोकसेवा उत्तीर्ण गर्न सक्ने धारणा राखे ।
 

salt training

कमेन्ट गर्नुहोस्