×

कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्याय: जसले गीत–संगीतमै बनाए कयौं ‘वर्ल्ड रेकर्ड’

काठमाडाैं | जेठ ९, २०८१

बहुप्रतिभाका धनी कीर्तिमानी गीतकार, कृतिकार डा. डीआर उपाध्याय/खनालको सिर्जनाले विश्वको कुना–कुनासम्म स्थान बनाएको छ । गिनिज बुक्स अफ रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, युकेलगायत विश्वका विभिन्न वल्र्ड रेकर्ड प्रदान गर्ने दर्जनभन्दा बढी संस्थाहरूमार्फत् उनले विभिन्न कीर्तिमान बनाइसकेका छन् । उनले गीत, सङ्गीत र विविध क्षेत्रमा नयाँ सिर्जना गरेर १५३ विश्व कीर्तिमान कायम राख्न सफल भएका छन् । 

गीत, सङ्गीत र साहित्य सिर्जनामा यति धेरै विश्व रेकर्ड कायम राख्ने डा. उपाध्याय पहिलो नेपाली सर्जक हुन् । माता उमादेवी र पिता शिवशंकर प्रसाद उपाध्याय खनालका कान्छा सुपुत्रका रूपमा पर्साको वीरगञ्जमा सन् १९६२ मा जन्मिएका धर्मराज उपाध्याय आज डा. डीआर उपाध्याय/खनालका नामले प्रसिद्ध छन् ।


Advertisment

उनको प्रारम्भिक शिक्षा त्रि–जुद्ध व्यावसायिक माविमा भएको थियो । उच्च शिक्षा ग्रहणको लागि काठमाडौं आएका उपाध्यायले नेपालबाट उच्च शिक्षा गरेपश्चात् भारतबाट विद्यावारिधि सम्मको उपाधि हासिल गरेका छन् । 


Advertisment

गीतकार, कवि तथा उपन्यासकार उपाध्यायको पछिल्लो कृति ‘मझधार’सहित स्रोह उपन्यास कृति सार्वजनिक भएका छन् । उनका ‘बज्रघात, त्यागी, भाग्यचक्र, अपवित्र छायाँ, स्वार्थी, बिटुली, अतिरिक्त, दगाबाज, अधुरो प्रेम, सपनाकी रानी, कफी लभ, मेरी प्रिया, भाइरस लभ, कसुर’ जस्ता कृतिहरू पाठकमाझ छन् । 

सानै उमेरदेखि जिज्ञासु उनमा हरेक विषयलाई सूक्ष्म ढंगले निरीक्षण गर्ने र त्यसका विभिन्न पक्षलाई मौलिक ढंगले चिन्तन गर्ने स्वभाव थियो । 

कलिलो उमेरदेखि नै उनमा गीत तथा कविता लेखनमा गजबको अनुराग थियो ।  विभिन्न कविता तथा गीतहरू कोरेर दाइदिदी तथा आफ्ना संगीहरूलाई देखाउने गरेको उनी स्मरण गर्छन् । सबैबाट प्रसंशा र हौसला पाएपछि उनको मनमा अझ उत्साह भरिन्थ्यो । 

धेरैको जीवनबाट प्रेरणा र प्रभाव ग्रहण गरे पनि हरेक मानिस आफैँमा विशिष्ट र मौलिक हुनुपर्ने उनको भनाइ छ । त्यसैले उनी आफ्नो छुट्टै पहिचान र अस्तित्वको खोजी गरिरहेका छन् । ‘आनन्दको खोजीमा मानिस दशतिर भौतारिरहेको छ । तर, आफूभित्रै रहेको सुखको अनन्त स्रोतलाई उपयोग गर्नेहरूले स–साना कुराहरूबाटै खुसी लिन सक्छन्,’ उनी भन्छन्, ‘दुःखको सामना गरेपछि नै सुखको वास्तविक मूल्यबोध हुनेगर्छ । कला सिर्जना जन्माउन पनि ठूलो अभ्यास र कठोर तपस्या जरुरी  छ ।’

null

उपाध्यायको जीवनले गरेका संघर्षका किस्साहरू पनि बेहिसाब छन् । संघर्षका सयौँ पहाड छिचोलेर मिलेको उचाइ र सफलताले अपार खुसीको तहमा पुर्‍याएको उनी बताउँछन् । उनका सिर्जना जति प्रेरक र मिठासपूर्ण छन् उनको व्यक्तित्व पनि त्यत्तिकै शालीन र सौम्य छ । हँसमुख चेहरा, स्पष्ट  बोली, सरल र निष्कपट व्यवहारले प्रभावित नहुने सायदै होलान् । 

उनले नेपाली कला साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन विभिन्न सार्थक प्रयास गरेका छन् । उनबाट रचित दर्जनौँ गीतहरूले विश्व कीर्तिमान् राख्न सफल भएका छन्् । 

सानैदेखि आम मानिसका पीर व्यथा र आँशुमा आफू पनि अंशीयार हुन खोज्ने उपाध्यायलाई मान्छेले भोगका वेदना, रङ्गीन सपना र कठोर सङ्घर्षहरूलाई सिर्जनामा उतार्न रुचिकर लाग्छ । उनका रचनामा सामाजिक तस्वीरलार्ई सजीव रूपमा समेटिएको पाइन्छ । लेखनलाई नै आफ्नो जीवनको अभिन्न पक्ष ठान्ने साहित्यकार डा. उपाध्यायका समसामयिक रचनाहरू राष्ट्रियस्तरका दैनिक पत्रिकाहरूमा नियमितजसो प्रकाशित भइरहेका छन् । लेखनको केन्द्र विन्दु सामाजिक यथार्थतामा हुनुपर्छ भन्ने उनको मान्यता छ ।

उनका ‘प्रणय, नशालु नजर, जखम, प्रतिनाद, अन्तराप, सहेली, जोहो, माउण्टेन मेलोडी, परिष्कृत, कृति, प्रतिनाद, पृथक, अन्जान तिर्खा, सुधारस, स्वर्गघर, नजरको तीर, सभेन्थ कड्स, सौभाग्यको सिन्दुर,  अनुभुतिको मझेरीमा, चाहनाको महल, कत्वर्य बोध, धरोहर, हृदयको झंकार, धर्ती र जीवन, प्रतिभा, सपनाको महल,  धड्कन, आकाङ्क्षा, अभिभूत, अभिलाषा, आवृत’ लगायतका ३६ वटा एल्वम स्रोता/दर्शकमाझ छन् । 

यस्तै सबैभन्दा सानो गीतको पुस्तक (२ वाई २ इन्च)को गीतिसङ्ग्रह ‘अनुभूतिको मझेरी’, नोट साइजको गीति पुस्तक ‘चोट’ र व्यञ्जन वर्णका ३४ अक्षरबाट तयार गरिएको गीति कविता ‘प्रेयसी’ सबैभन्दा ठूलो गीतको पुस्तक २४/३६ इञ्जको ‘अलौकिक’, एक लाइन अंग्रेजी र एक लाइन नेपाली रहेको गीति पुस्तक ‘अपरिमित’ पनि पाठकमाझ आइसकेको छ । 

उपाध्यायले नारी एवम् पुरुषले दुवैप्रति कस्तो माया, सम्मान, ख्याल, सुरक्षा र ब्यवहार गर्नुपर्छ भन्ने एक एक लाइनको सामाजिक सन्देश प्रवाह गर्ने २८८ लाइनको गीत, एउटा शब्द केटा र एउटा शब्द केटीले गाएको शब्द शब्दको गीत, हुलाक टिकटमा प्रकाशित विशष्टि नेपाली व्यक्तिहरूको नाम कामबारे बनाइएको गीत, साङ्केतीक भाषाको गीत, अक्षर अक्षरको गीत एउटा पुरुष र अर्को नारी स्वरमा, तीनवटा सप्तकमा बनेको गीत, सगरमाथा हिमाल आरोहण गर्नेहरूको अत्यधिक नामबाट बनाइएको गीत, अहिलेसम्म नेपालमा प्रकाशित भएका उपन्यासको नामबाट बनाइएको गीत, संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल शब्द धेरै पटक प्रयोग गरेर बनाइएको गीत, एउटा गीतमा धेरै थरिका रुख बोटबिरुवाको नाम प्रयोग गरिएको गीत, एउटा गीतमा धेरै पटक मुटु शब्द प्रयोग गरेर बनाइएको गीत, एउटै गीतको स्थाई र अन्तरा धेरै व्यक्तिले एकै पटक पढेको, ५० अन्तर्राष्ट्रिय भाषामा गीत, एकैदिन धेरै राष्ट्रिय पत्रिकामा लेख प्रकाशन, विश्वको हाइ अलटिच्युटमा गीतको लाइभ प्रस्तुतिजस्ता विषयबाट डा. उपाध्यायले वल्र्ड रेकर्ड राख्न सफल भएका छन् । 

यस्तै उपाध्यायले १५० भन्दा बढी देशको पर्यटनस्थलको नाममा गीत तयार गरेर, सबैभन्दा छोटो १८ अक्षरको गीतसंगीत तयार गरेर, एकै दिनमा चार वटा गीत लेखी रेकर्ड गर्दै रिलिज गरेर, १७५ देशका मुद्राको नाममा गीत–संगीत तयार गरेर, कदेखि ज्ञसम्मका प्रत्येक वर्णको गीत लेखी कीर्तिमानी बनाएका छन् ।

यस्तै, ५५ वटा फरक–फरक फूलको नाममा गीत लेखी रेकर्ड गराएर, सबैभन्दा धेरै पटक आमा तथा धेरै पटक बुबा शब्द प्रयोग गरी गीत रेकर्ड गराएर, आफ्ना २०० जति गीत हट एयर बेलुनमा उडाएर, १५० भन्दा बढी गीत चेसबोडमा लेखेर, विश्वका १६४ प्रजातिका चराको नाम समेटेर गीत लेखी रेकर्ड गराएर विश्व रकेर्ड कायम गरेका छन् । 

उनले आफ्ना गीतहरू चिया पिउने सबैभन्दा बढी कपमा छापेर, सबैभन्दा बढी पोस्टकार्डमा छापेर, सकारात्मक सोचमा फाइदासम्बन्धी गीत तयार गरेर, ६० वर्ष नाघेका ११ जना गायक गायिकाको स्वरमा एकैपटक गीत रेकर्ड गराएका छन् । ‘यो रेकर्ड मैले आफ्नो लागि मात्र नभई नेपाली गीत सङ्गीतलाई विश्वमा चिनाउनका लागि पनि गरेको हुँ,’ उनी भन्छन् ।

‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. उपाध्यायलाई गीतकार सङ्घ नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर हुने विभिन्न गीत–सङ्गीतका अवार्डमा पनि उनका प्रायजसो गीत पुरष्कृत हुन सफल छन् । यस्तै उनलाई मुम्बईको प्रतिष्ठित अवार्ड दादा साहेव फाल्के अवार्डबाट पनि विभूषित गरिएको थियो । ‘म समाजका लागि गीत उपन्यास लेख्छु, आत्मसन्तुष्टिका लागि गीत लेख्छु,’ उनी भन्छन्, ‘स्रोता र दर्शकले रुचाइदिँदा थप हौसला र अपार आनन्द लाग्छ ।’

उपाध्यायको अठोटलाई श्रीमती सुनिता खनालले पनि साथ दिएकी छन् । ‘श्रीमतीसँगै छोरा अङ्कित, बुहारी श्लेशा र छोरी ईशाको सहयोगले पनि मेरो यात्रा थप उत्साहित बनेको छ,’ उनी भन्छन् । डीआर म्युजिक एन्ड क्रियशनमार्फत् उनले आफ्ना गीतहरू स्रोता/दर्शकमाझ ल्याउने गरेका छन् । 

डा. उपाध्याय स्रष्टाले आफ्नै भाषा–शैलीको निर्माण गर्नुपर्छ  भन्ने कुरामा जोड दिन्छन् । सरल भाषाशैली, अलंकार, बिम्ब, प्रतीकको सन्तुलित प्रयोगले सुन्दर रचना बन्ने उनको भनाइ छ । ‘ती विचारहरू न  रुढीग्रस्त परम्परागत चिन्तनले गाँजेका हुन्छन् न त आधुनिकतामा चुकेका हुन्छन्,’ उनी भन्छन् । नयाँ नयाँ क्रियशनमा आफूलाई तल्लीन राख्ने डा. उपाध्यायको यस क्षेत्रमा अझ कीर्तिमानका इटा थप्ने योजना छ ।

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

जेठ ५, २०८१

सू ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखिका सू​को उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।  अन्तर्राष्ट्रिय प्रकाशन ‘फो...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

जेठ २४, २०८१

शब्दाङ्कुर प्रकाशन र वर्तमान कविता समूहको आयोजनामा विश्व वातावरण दिवस (पर्यावरण दिवस)को अवसर पारेर  हरित काव्य गोष्ठी सम्पन्न भएको छ । बुधवार पशुपति क्षेत्रको किरातेश्वर मृगस्थलीस्थित सत्य सनातन बाबाको कुट...

जेठ १९, २०८१

नेपालको कानून तथा न्याय क्षेत्रमा उनले आफ्नो पृथक पहिचान बनाइसकेका छन्, एक निर्भीक न्यायमूर्तिको रूपमा । सर्वोच्च अदालतको प्रधानन्यायाधीश भइसकेका कल्याण श्रेष्ठले पछिल्लो समय आफ्नो परिचयको दायरालाई अझ फराकिलो बनाएक...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x