१५ असार २०८३, सोमबार

राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच सरल कर्जाका लागि सम्झौता

जेठ ९, २०८१
काठमाडौं
राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच सरल कर्जाका लागि सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र मुद्रण विभागबीच ‘पेसाकर्मी सरल कर्जा प्रवाह’ गर्न  सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र विभागका महानिर्देशक रेखा कँडेलले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात विभागमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरूलाई विभागको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधीनमा रही बैंकले पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने जनाइएको छ ।

बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ७.३५ प्रतिशत रहेको छ ।

सम्झौताअनुसार विभागका कर्मचारीहरूको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्भौतापश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

सो अवसरमा विभागका वरिष्ठ मुद्रण अधिकृत पद्यराज पाठक, बैंकका विभागीय प्रमुख राज्यलक्ष्मी खड्गी, बैंकका सिंहदरबार परिसर शाखाका शाखा प्रबन्धक अनिश रायमाझीलगायतको उपस्थिति  रहेको थियो । 

बैंकको हाल ७७ जिल्लामा २८७  शाखा कार्यालय, तीन सय आठ एटीएम र ७१  एक्स्टेन्सन काउण्टर रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्