![हात्तीवनमा उधौलीको रौनक [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/udhoulai_5_ZGmpvt1DPk.jpg)
किरात समुदायको चाड उभौली पर्वको रौनक बिहीबारबाट शुरू भएको छ ।

ललितपुरको हात्तीवनस्थित धार्मिकस्थलमा विधिवत पूर्जाआजासहित एक महिने चाड मनाउन शुरू गरेका हुन् ।
यो चाड किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायले मनाउने गर्दछन् ।

यो चाड कृषि कर्ममा आधारित भएर मनाउने गरिएको एक विशेष चाड हो ।
वैशाख पूर्णिमामा पर्ने उभौलीमा प्रकृति भूमि र पुर्खाको पूजा गरी धुमधामसँग खेतीपाती शुरू गरेका किरातले मंसिर पूर्णिमा त्यसैगरी पूजा गरी उधौली मनाउने र नयाँ अन्न प्रयोग गर्ने गर्छन् ।
वर्षमा दुईपटक मनाउने साकेलालाई गर्मी छल्न वैशाखमा लेकतिर जाने भएकाले ’उभौली’ र मंसिरमा जाडो छल्न लेकतिर बेसी सर्ने भएकाले ’उधौली’ भन्ने चलन छ ।

उधौलीको दिन ’नोक्छो’ अर्थात् धामीले पूजा गरी सेउलीको थान बनाएपछि त्यसमै गोलबद्ध भइ ढोल र झ्याम्टाको तालमा नाच्ने चलन छ ।

थप तस्वीरः




