२४ असार २०८३, बुधबार

लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्टले गर्‍यो इटहरी र विराटनगर कार्यशाला गोष्ठी

जेठ १६, २०८१
काठमाडौं
लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्टले गर्‍यो इटहरी र विराटनगर कार्यशाला गोष्ठी

काठमाडौंको लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्टले शिक्षा क्षेत्रमा उत्कृष्ट शिक्षण सिकाइको पद्धति खोज्ने अभिप्रायले इटहरी र विराटनगरमा एकदिने कार्यशाला गोष्ठीको सम्पन्न गरेको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षण सिकाइको उत्कृष्ट पद्धतिको खोजी गर्ने अभिप्रायले गोष्ठीको आयोजना गरिएको कलेजले जनाएको छ ।

गोष्ठीमा इटहरी र विराटनगरका विभिन्न कलेज, स्कूल तथा विश्वविद्यालयका शिक्षकहरूलाई राखेर शिक्षण सिकाइको उत्कृष्ट पद्धतिको विषयमा गोष्ठीकै माध्यमले छलफल गरिएको थियो ।

जहाँ शिक्षण सिकाइमा देखिएका चुनौती, विश्वमै रहेको उत्कृष्ट शिक्षण सिकाइका पद्धतिहरूको विषयमा चर्चा गरिएको लिटल एन्सजल्स कलेज अफ म्यानेजमेन्टका प्रधानाध्यापक मित्रबन्धु पौडेलले बताए ।

उनले कुनै क्षेत्रको विकासका लागि त्यहाँको मौलिकताका विषयमा विद्यालय स्तरबाटै विद्यार्थीमा ज्ञान हुनु आवश्यक रहेको उल्लेख गरे ।

विद्यार्थीको सर्वाङ्गीण विकासको दिशामा काम गर्नुको साटो परीक्षा केन्द्रित शिक्षामै लागेकोमा उनले गुनासो गरे ।

डा. मित्रबन्धु पौडेल र डा. स्मृतिकला पन्तले कार्यशालाको सञ्चालन गरेका थिए ।​

लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्ट काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो ।

कलेजले यसअघि जनकपुरधाममा पनि एकदिने कार्यशाला गोष्ठी सम्पन्न गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्