
मुक्तिनाथ विकास बैंक लिमिटेडले बझाङमा विद्यालय भवन पुनर्निर्माण गर्न आर्थिक सहयोग गरेको छ ।
बझाङको थलरा गाउँपालिका वडा नम्बर ९ स्थित श्री भवानी आधारभूत विद्यालयको भवन पुनः निर्माण गर्न नेपाल रेडक्रस सोसाइटी काठमाडौंसँगको सहकार्यमा सहयोग गरिएको बैंकले जनाएको छ ।
२०८० असोज १६ गते बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पले उक्त विद्यालय भवनमा क्षति पुगेको थियो ।
शिक्षा क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले विद्यालय भवन पुनर्निर्माण गर्न सहयोग गरिएको हो ।
हाल उक्त भवनको निर्माण कार्य सम्पन्न भई विद्यालयलाई हस्तान्तरणसमेत गरिएको छ ।
भवन निर्माणका लागि अभिभावक तथा अन्य स्थानीयवासीहरूले श्रमदान समेत गरेका बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।
विद्यार्थीहरूले नवनिर्मित भवनमा बसेर राम्रोसँग पढ्न पाउने, घाम, पानीबाट सुरक्षित बसी आफ्नो दैनिक पठनपाठन कार्य गर्न सक्ने बैंकले जनाएको छ ।