
पछिल्ला महिनामा लगातार ब्याजदर घटिरहेको सन्दर्भमा वाणिज्य बैङ्कहरूले असार महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् ।
हाल सञ्चालनमा रहेका २० मध्ये ११ वटा वाणिज्य बैङ्कले ब्याजदर घटाएका छन् भने तीन बैङ्कले बढाएका छन् । यता छ बैङ्कले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैङ्कहरूले औसतमा ०.१२ प्रतिशत विन्दुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।
जेठ महिनाको तुलनामा असारमा ब्याजदर बढाउने बैङ्कमा हिमालयन, माछापुच्छ्रे र नबिल बैङ्क रहेका छन् । यता प्रभु, स्टान्डर्ड चार्टर्ड, सिद्धार्थ, नेपाल इन्भेस्टमेन्ट मेगा र नेपाल बैङ्कले भने जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । गोरखापत्रमा खबर छ ।