
सरकारले करको दायरा विस्तार गर्ने नाममा जथाभावी कर लगाउँदा घाटमा शव जलाउने दाउरादेखि सेकुवा पोल्ने ब्रिकेटसम्म भ्याट लागेको छ। आर्थिक विधेयक २०८१ मा एचएस कोड ४४०१ र ४४०२ अन्तर्गतका वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने व्यवस्था गरेसँगै यस्तो अवस्था सिर्जना भएको हो।
वनजंगलमा खेर गएका पात पतिङ्गर, स्याउला, सुकेका हाँगाबिँगा, दाउरा, काठका टुक्रा, चोइटा, काठको धुलो, ब्रिकेट, प्लेटलगायतका वस्तुको कारोबार गर्दा अहिलेसम्म भ्याट लाग्दैनथ्यो। तर, आर्थिक वर्ष २०८१\८२ को बजेटपश्चात् आएको आर्थिक ऐन, २०८१ ले त्यस्ता वस्तुलाई भ्याट छुटको सूचीबाट हटाइएको छ। नेपाल समाचारपत्रमा खबर छ ।