२७ असार २०८३, शनिबार

सिद्धार्थ बैंकले ल्यायो 'सिद्धार्थ रिवार्डस' योजना

असार ६, २०८१
काठमाडौं
सिद्धार्थ बैंकले ल्यायो 'सिद्धार्थ रिवार्डस' योजना

सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक 'सिद्धार्थ रिवार्डस' योजना सञ्चालनमा ल्याएको छ । डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ उक्त योजना ल्याइएको बैंकले जनाएको छ ।

बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह, सञ्चारकर्मीका साथै बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा उक्त योजनालाई सार्वजनिक गरेको हो ।

योजनाअन्तर्गत ग्राहकले सिद्धार्थ बैंकको कार्डमार्रफत गरेको खरिद (POS तथा E-commerce) र मोबाइल बैंकिङ्गबाट गरेको टपअपको आधारमा रिवार्डस पोइन्टस प्राप्त गर्न सक्नेछन् ।

यसरी आर्जन गरेको पोइन्टसलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बीमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरू लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

सिद्धार्थ रिवार्डस सार्वजनिक गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले यस योजनाले डिजिटल भुक्तानीमा एक रोमाञ्चक र नयाँ अध्यायको शुरूवात गरेको जानकारी दिए ।

साथै यसले ग्राहकहरूको बैंकिङ्ग अनुभवलाई अझ गुणस्तरीय बनाउन मद्दत पुग्ने उनको विश्वास थियो ।​

यस्तै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले ग्राहकहरूको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेको बताए ।

साथै नवीनतम सेवा प्रदान गर्नेमा बैंक सदैव केन्द्रित रहेको उनले बताए ।

भिडियो

 

salt training

कमेन्ट गर्नुहोस्