
विद्युतीय सवारीमा नेपालीको मोह बढ्न थालेको छ । विद्युतीय सवारीको पूर्वाधारसमेत विस्तार हुने क्रम बढ्दै जाँदा यसको व्यापार उकालो लागिरहेको तथ्याङ्कले देखाउँछ । बढ्दो आकर्षणका कारण विद्युतीय सवारीको आयात पनि निरन्तर बढिरहेको भन्सार विभागको पछिल्लो तथ्याङ्कले पुष्टि गर्छ ।
विभागले सार्वजनिक गरेको चालु आव २०८०/८१ को एघार महिना (जेठ) सम्मको भन्सार तथ्याङ्क अनुसार करिब २९ अर्ब रुपियाँ बराबरको चारपाङ्गे्र विद्युतीय सवारी आयात भएको छ । यससँगै विद्युतीय सवारी नेपालमा सबैभन्दा उच्च आयात हुने वस्तुको १० वटा सूचीभित्र परेको छ । गोरखापत्रमा खबर छ ।