०६ असार २०८३, शनिबार

बजेट अभावले रोकियो निर्यातमा दिइँदै आएको अनुदान

असार ११, २०८१
काठमाडौं
बजेट अभावले रोकियो निर्यातमा दिइँदै आएको अनुदान
फाइल तस्वीर

नेपालमा उत्पादन भएका सामग्री निर्यातमा उपलब्ध गराउने नगद प्रोत्साहन अनुदान रकम रोकिएको छ । बजेट अभावले गर्दा निर्यातमा वितरण गरिँदै आएको  अनुदानबापतको रकम रोकिएको हो । 

चालु आर्थिक वर्षमा विनियोजन गरेको ९० करोड रुपैयाँ वितरण गरिसकेपछि उद्योग विभागले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत् अर्थ मन्त्रालयसँग दुई अर्ब १० करोड रुपियाँ थप माग गरेको थियो । अर्थ मन्त्रालयले समयमै रकम निकासा नगर्दा उद्योगीले रकम पाउन सकेका छैनन् । 

चालु आवमा मुलुकबाट निर्यात भएका विभिन्न सामग्रीबापत प्रोत्साहन अनुदान दुई अर्ब ६३ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको उद्योग विभागले जनाएको छ । चालु आवका लागि निर्यातमा अनुदान प्राप्त गर्न सरकारले ९० करोड विनियोजन गरेको थियो । यो वितरण भइसकेको छ । 

आजको गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्