०३ असार २०८३, बुधबार

एसईईको नतिजा अब एनसेल एपबाटै हेर्न सकिने

असार ११, २०८१
काठमाडौं
एसईईको नतिजा अब एनसेल एपबाटै हेर्न सकिने

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अब एनसेल एपमार्फत हेर्न सकिने भएको छ ।​​

एसइई २०८० को नतिजा एनसेल एपबाट पनि हेर्न सकिने ​व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।​​​​​

एनसेल एपको होम स्क्रिनमा गएर एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति सबमिट गरेर नतिजा हेर्ने सकिने छ ।​​​

एसईईको नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ ।

२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण अनुमति पाएका वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट पनि लिन सकिने बोर्डले जनाएको छ ।

गत चैत १५ गतेदेखि सञ्चालित एसईई परीक्षामा ५ लाख ४ हजार ४१४ जना विद्यार्थी सहभागी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्