
दमक बहुमुखी क्याम्पसमा शैक्षिक वृद्धि विकासमा सहयोग पुर्याउने उद्देश्यले १ लाख ५० हजार ५ सय ५५ रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।
क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष रीता बस्नेत श्रेष्ठले स्वर्गीय ससुरा बुवा इन्द्रबहादुर श्रेष्ठको स्मृतिमा उक्त कोष स्थापना गरेकी हुन् ।
क्याम्पसका पूर्वकर्मचारी हरिकृष्ण तिम्सिनाले आफ्ना मातापिताको सम्झनामा ५१ हजार रुपैयाँ राशिको स्वर्गीय नरपति–विष्णुमाया तिम्सिना स्मृति अक्षय छात्रवृत्ति कोष स्थापना गरेका क्याम्पसका प्रशासन प्रमुख पदम घिमिरेले जानकारी दिए ।
क्याम्पसमा विभिन्न दाताहरूबाट हालसम्म एक दर्जनबढी अक्षय कोष स्थापना गरिएका छन् ।
क्याम्पसको वातावरण सेलले आइतबार आयोजना गरेको वृक्षारोपण कार्यक्रममा क्याम्पस प्रमुख यज्ञराज गिरी, वातावरण सेलका संयोजक वासुदेव काफ्ले, स्ववियु सचिव दीपक लिम्बू, स्ववियु सदस्य सञ्जय राई, क्याम्पसका प्राध्यापक, विद्यार्थीलगायतको उपस्थिति थियो ।
वृक्षारोपण कार्यक्रममा क्याम्पस परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् ।