२९ जेठ २०८३, शुक्रबार
आकर्षक पर्यटकीय गन्तव्य

दक्षिणकालीमा बन्यो देशकै ठूलो राष्ट्रिय झण्डा र त्रिशूल सहितको पार्क, सञ्चालनको तयारी [ड्रोन तस्वीर/भिडियो]

असार २५, २०८१
काठमाडौं
दक्षिणकालीमा बन्यो देशकै ठूलो राष्ट्रिय झण्डा र त्रिशूल सहितको पार्क, सञ्चालनको तयारी [ड्रोन तस्वीर/भिडियो]

काठमाडौंको दक्षिणकाली नगरपालिका–४ हात्तीवनको डाडाँमा बनिरहेको नेपालको झण्डासहितको पार्कको काम अन्तिम चरणमा पुगेको छ । दक्षिणकाली मन्दिर जाने बाटोभन्दा माथि चन्द्र सूर्य अंकित विशाल राष्ट्रिय झण्डा र त्रिशूलसहित निर्माण भइरहेको पार्कको काम अन्तिम चरणमा पुगेको हो ।

null

ललितपुरका विभिन्न स्थानबाट प्रष्ट देखिने राष्ट्रिय झण्डाको आकृति स्थायी रूपमा भित्तामा बनाइएको छ ।  दक्षिणकाली नगरपालिका ४ वडाअध्यक्ष पुस्कर खड्काले नगरपालिका र पर्यटन मन्त्रालयको समेत सहयोगमा सात करोडमा झण्डा र त्रिशूल सहितको पार्क निर्माण भएको जानकारी दिए । 

‘मानिस हिँड्ने गोरेटो बाटो नै झण्डा आकारमा रहेको थियो । यसलाई संरक्षण गर्नुपर्छ भनेर शुरूमा नील काँडा लगाएर झण्डाको आकार दिइएको थियो,’ वडाअध्यक्ष खड्काले लोकान्तरसँग भने, ‘पछि लिडलाइट राखेर रातिमा बल्ने बनाएका थियौं । अहिले स्थायी संरचना नै बन्यो ।’

null

विमानमा यात्रा गर्नेहरूले झण्डा देखेपछि काठमाडौंमा ल्याण्ड गर्ने समय भयो भनेर जानकारी पाउने गरेको प्रतिक्रिया आफूहरूले पाएको उनले बताए । ‘झण्डाको अन्तिम फिनिसिङपछि लाइट राख्ने काम हुन्छ, यो एउटा आकर्षक पर्यटकीय गन्तव्य बन्ने अपेक्षा राखेका छौं’ खड्काले लोकान्तरसँग भने । 

null

विभिन्न जनावरको मूर्तिसहित बालबालिकाका लागि पार्क पनि बनाइँदै छ । दक्षिणकालीको हात्तीवन जंलको तलपट्टि रहेको यो विशाल झण्डा र त्रिशूल हेर्न पर्यटक आउनेक्रम शुरू भएको छ । यति ठूलो आकारको झण्डा नेपालमा पहिलो पटक बनाइएको हो । झण्डासहितको पार्क काठमाडौंको बल्खुबाट मात्र ८ किलोमिटरका दूरीमा छ ।

null

null

null

null

null

null

null

भिडियो हेर्नुहोस् ।

 

salt training

कमेन्ट गर्नुहोस्