०९ असार २०८३, मंगलबार

भानु जयन्तीमा प्रचण्डको शुभकामना– साहित्यलाई सामाजिक रूपान्तरणमा समर्पित गरौँ

असार २९, २०८१
काठमाडौं
भानु जयन्तीमा प्रचण्डको शुभकामना– साहित्यलाई सामाजिक रूपान्तरणमा समर्पित गरौँ

कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा देशभित्र र बाहिर रहेका साहित्यानुरागीलाई शुभकामना दिएका छन् । 

शनिवार दिएको शुभकामना सन्देशमा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्डले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न भानु जयन्तीले थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । 

‘आजको दिनले आदिकवि भानुभक्तका योगदानहरूको स्मरण र सम्मानसहित हाम्रो प्राचीन दर्शन, सभ्यता, संस्कृति र  साहित्यका असल पक्षहरू अनुशरण गर्दै संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु,’ सामाजिक सञ्जालबाट जारी गरिएको उनको सन्देशमा भनिएको छ ।

नेपाली साहित्यका आदिकवि भानुभक्तको जन्मजयन्ती शनिवार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । 

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूका घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्