०९ साउन २०८३, शनिबार

५ दिन भित्र समस्या समाधानको खाका तयार पार्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

साउन २, २०८१
काठमाडौं
५ दिन भित्र समस्या समाधानको खाका तयार पार्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
फाइल फोटो

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको समाधानका लागि आवश्यक खाका बनाउन आग्रह गरेका छन्।

मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरूसँगको ब्रीफिङसहितको भेटघाटमा मन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन् । 

समस्या देखाउनेभन्दा पनि समाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिन भित्र स्पष्ट योजनासहितको खाका तयार गर्न उनले निर्देशन दिए ।

'सबै महाशाखाबाट समस्याका कुराहरू आए, समाधान आएन, स्पष्ट ढंगबाट कार्य क्षेत्रमा देखिएको समस्याको समाधान कसरी गर्ने त्यतातर्फ लागौं, त्यसका लागि पाँच दिन भित्र मलाई लिखित रूपमा समाधानका विकल्प लिएर आउनुहोला, टिमवर्क गरेर समस्याको समाधान गरौं,´ उनले भने ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय भएकाले प्रभावकारिता देखिन नसक्नुको कारण खोज्नुपर्ने उनको भनाइ थियो ।

'स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गने निकाय हामी नै हो,  मन्त्रालयको मेकानिजम भित्र सबै कुरा परेको देखिन्छ, बजेट अभाव, प्राथमिकताका कारणले समस्या परेको रहेछ, प्रभावकारिता देखिन नसकेको नीतिगत कमजोरी के हो भनेर पनि खोज्नु पर्छ,' उनले भने ।

पौडेलले जनतामा कसरी नतिजा दिन सकिन्छ भनेर लिखित योजना बनाउन पनि आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्