
नेपाल कानून आयोगका सचिव तोयानाथ अधिकारीले दिएको राजीनामा स्वीकृत भएको छ । उनले घरायसी कारण देखाएर राजीनामा दिएका थिए ।
आयोगकी सूचना अधिकारी गंगा न्यौपानेका अनुसार साउन ६ गते (भोलि)देखि लागू हुने गरी उनको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ ।
उनी न्याय सेवाका सचिव हुन् ।
राष्ट्रिय निजामती संघका महानिर्देशक वैकुण्ठ निधि शर्मालाई सचिव अधिकारीले आफ्नो पेन्सन पट्टा बनाइदिन आग्रह गरेका थिए ।
आफ्नो पेन्सन पट्टा बनाइदिनु पर्यो भनेर सचिव अधिकारीले भनेका शर्माले स्वीकार गरे ।
सचिव अधिकारीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।