×

पोखरामा ‘पाना–प्याला’को माहोल

किताबप्रति विजयको लगाब ‘रिडर्स कर्नर’मा परिणतः पाना पल्टाउँदै चियाको चुस्की

पाेखरा | साउन ५, २०८१

पोखरामा साहित्यिक जमघट गराउने थलो बनेको छ– हिमालयन रिडर्स कर्नर । स–साना साहित्यिक कार्यक्रम होस् वा एकैथलोमा गर्न मिल्ने साहित्यप्रेमीको चियागफ । यो सबै माहोलको सिर्जना गर्ने पात्र हुन् विजय भण्डारी । 

Laxmi Bank

त्यसो त पोखराका पहिलेदेखि नै पब्लिक लाइब्रेरी (सार्वजनिक पुस्तकालय) थियो । किताबसँगै चियाको चुस्की लिएर विचार–विमर्श गर्ने ठाउँ चाहिँ बनिसकेको थिएन । मास्टर्स पढ्न पोखराबाट शंकरदेव क्याम्पस पुगेका विजय काठमाडौंका पुस्तकालय गइरहन्थे । उनलाई अरुले गरेको कामभन्दा फरक गर्न मन हुन्थ्यो । पुस्तकालय गइरहँदा विजयले सोचे– काठमाडौंको जस्तो पुस्तकालय पोखरामा पनि सम्भव हुन सक्छ ! 


Advertisment

विजयलाई अचानक बूक स्टोर्स नै खोल्ने आँट आएको होइन । पढाइ र कामको शिलशिलामा उनी काठमाडौं १० वर्ष बसे । एनजीओमा जागिरे थिए । पछि कन्सल्टेन्सीमा काम गरे । कमाइ राम्रै हुन्थ्यो । 


Advertisment

‘तर म ती काममा ‘टाइ अप’ हुन सकिनँ । आफ्नो स्वभाव र रुचि पहिल्याएका म १० देखि ५ बजेसम्मको जागिरमा भुल्न नसक्नेमा निश्चिन्त थिएँ,’ उनी भन्छन्, ‘त्यसैले आफ्नो रुचि जीवन्त बनाइराख्ने ‘स्टार्ट अप’ खोज्दै थिएँ ।’ 

अनि विजयले पोखराको पालिखे चौकमा विसं २०६९ सालमा शुरू गरे हिमालयन रिडर्स कर्नर । बूक स्टोर्स शुरूवात गर्न आर्थिक रुपले सहज पनि हुन्थ्यो । त्यसैले पनि उनी थप हौसिए ।

‘पोखरामा जे चिजको अभाव छ, त्यही खोल्नुपर्छ भन्ने मलाई लाग्यो । जति किताब पसल हुनुपर्ने हो त्यो थिएन । पब्लिकेसनहरू पनि अलिअलि चिन्थेँ,’ उनले भने, ‘बूक स्टोर्स खोल्नु आर्थिक रुपले पनि सजिलो माध्यम हो भन्ने मलाई लाग्यो । अनि रिडर्स कर्नर खोल्ने अठोट लिएँ ।’

null

अवसरको बाटो सहज हुने काठमाडौं छोडेर पोखरा आउँदा परिवारको छोराको भविष्यलाई लिएर चिन्ता थियो । अधिकांश नेपाली अभिभावकजस्तै विजयका बुवा–आमा पनि छोराले सरकारी जागिर खाओस् भन्ने चाहन्थे । ‘मेरो बुवा सरकारी जागिरे । त्यसैले भविश्यमा मेरो पनि उहाँकै जस्तो पेन्सन होस् भन्ने परिवारको चाहना थियो,’ उनले भने ।

यसका बीच परिवारले विजयलाई आफूले रोजेको पेशा गर्न स्वतन्त्र छोडिदिए । किनकि उनीप्रति परिवारको ठूलो विश्वास थियो । ‘छोराले नराम्रो गर्दैन । जे गर्छ राम्रो गर्छ’ भन्ने परिवारको विश्वासले पनि विजयलाई राहत मिल्यो । सामान्य जागिरसमेत गर्न मन नभएका विजयले सरकारी जागिर सोचेका पनि थिएनन् । होस्टेलमा बसेर पढेका कारण पनि उनलाई शान्त वातावरण मन पथ्र्यो । 

‘जागिरे भएर काम गर्दा मलाई उनै मान्छेसँग एकसाथ घुलमिल भएर काम गर्न सक्तिन भन्ने लाग्न थालेको थियो । कन्सल्टेन्सीले तपाईँलाई १० प्रतिशत शेयर दिन्छौँ भन्दा पनि मैले मानिनँ,’ उनले सुनाए । 

आफ्नो रोजाइको काममा अघि बढेपछि विजयलाई गाह्रो भएन । पालिखे चौकबाट शुरूवात गरेको रिडर्स कर्नर अहिले न्युरोडमा सरेको छ । जहाँ किताबसँगै चिया पिउने माहोल बनेको छ । पालिखे चौकमा रहँदा बूक स्टोर्स मात्र थियो । पाठकको प्रेमले नै त्यहाँको बूक स्टोर्स क्याफेको सुविधासहित न्युरोडसम्म आएको विजय बताउँछन् ।

‘पालिखे चौकमा किताब किन्नेको लाइन हुन्थ्यो । त्यहाँ धेरै राम्रोसँग किताब बेचेँ । अहिले किताब लग भन्दापनि कसैले लाँदैन । बरु किताब पढ्दै चियाको चुस्की लिने बढेका छन्,’ उनले भने । 

बौद्धिक विमर्शदेखि सामाजिक गतिविधिमा त्यति तात्ने शहर होइन पोखरा । यो शान्त शहरको रुपमा नै चिनिन्छ । पछिल्लो समय पठन संस्कृतिको विकास हुन सकेको सरोकारवालाहरूको भनाइ छ । उसो त प्रविधिको विकासले किताब पढ्ने संस्कृतिमा जताततै कमी आएको छ । कोरोना भाइरस महामारीपछि त सबै क्षेत्रले आर्थिकमन्दीले सामना गर्नु परिरहेको छ । यसका बीच पाठकले रिडर्स कर्नरलाई उत्तिकै माया गरिरहेको विजयको अनुभव छ । ‘त्यही मायाले २०७४ सालमा न्युरोडमा आइपुगेको हो रिडर्स कर्नर,’ उनी भन्छन् । 

यसबीच विजयले बगरमा पनि बुक स्टोर्स खोलेका थिए । तर, त्यहाँको बूक स्टोर्सले गति लिन सकेन । स्टाफलाई पारिश्रमिक दिने रकमसम्म नउठेपछि क्याम्पस गेटअगाडिको बुक स्टोर्स विजयले बन्द गरे । ‘मलाई अझ ठूलो काम गर्नु थियो, त्यसैले बगरको बूक स्टोर्स बन्द गरेँ,’ उनले भने ।

null 

बूक स्टोर्स र रिडर्स कर्नरसँगै विजयका वृहत् योजना छन् । न्युरोडमा चिया–कफी र किताबसँगै साहित्यिक माहोल बनाउने उनको योजनाले सार्थकता पाइरहेको छ । बूक स्टार्सको योजनामा ‘प्याला र पाना’ थपेको तीन वर्ष भयो । उनले संरचनालाई बढाउँदै रिडर्स कर्नरको माहोल थप बनाएका हुन् । बाहिरबाट हेर्दा बूक स्टोर्स र क्याफे सहजै चलेको छजस्तो लाग्छ । तर, शुरूवाती दिनमा व्यवस्थापन (म्यानेजमेन्ट)को पक्ष चुनौतीपूर्ण रहेको उनी बताउँछन् । चुनौतीको सामना गर्दैगर्दा विजयलाई कहिलेकाहीँ लाग्थ्यो– छोड्छु कि भन्ने !  तर त्यो सोच क्षणिक मात्र हुन्थ्यो । किनकि उनले अरु कामभन्दा सहज सोचेरै यो कामको शुरूवात गरेका थिए । यसर्थ पनि उनी बूक स्टोर्सको आफ्नो योजनाबाट टाढा बस्न सकेनन् ।

‘विविध चुनौतीको सामना गर्नुपर्दा मलाई कहिलेकाँही लाग्थ्यो– बरु होटल खोल्छु र बूक स्टोर्स सानो कुनामा चलाउँछु । तर यो सोच क्षणिक मात्र भयो,’ उनी भन्छन्, ‘किनकि मैले अरु कामभन्दा सहज सोचेरै यो कामको शुरूवात गरेको थिएँ । यसर्थ पनि म बूक स्टोर्सको आफ्नो योजनाबाट टाढा बस्न सकिनँ ।’

 विजयलाई किताबसँग असाध्यै लगाव छ । त्यसैले पनि उनलाई किताबसम्बन्धी पेशा छोडेर अरु केही गर्न मन छैन । त्यसैले किताबसँग जोडिएर नै उनले नयाँ प्रोजेक्ट ल्याउने सोच बनाएका छन् । साहित्यप्रेमी विजय राम्रो पाठक पनि हुन् । उनले होस्टेलमा बस्दा नै विश्वेश्वरप्रसाद कोइरालाका अधिकांश किताब पढिसकेका थिए । उनको पाठ्यक्रमभित्र अन्य पुस्तक राखेर पढ्ने बानी थियो । 

तर, यो रुचिले बूक स्टोर्स खोल्न प्रेरित गर्यो भन्ने पक्षमा छैनन् उनी । बूक स्टोर्समा काम गरे–नगरे जस्तो अवस्थामा पनि साहित्यलाई प्रेम गरिरहने उनको प्रतिबद्धता छ । यी सबैमा विजयलाई बलियो साथ दिएकी छिन् उनकी जीवनसंगिनी भावना थपलियाले । 

‘भावनाले साथ नदिएको भए म यो काम नै गर्ने थिइनँ । मलाई यहाँसम्म डोहोर्याउने नै उनी हुन् । रिडर्स कर्नरमा उनको पनि उत्तिकै जिम्मेवारी छ । लेखा (अकाउन्ट) उनकै हातमा हुन्छ,’ उनले थपे । 

विजयलाई ‘बाउन्ड्री’मा बस्न मन पर्दैन । त्यसैले पनि ‘टेन टू फाइभ’को जागिरमा उनले रुचि देखाएनन् । स्वतन्त्र भएर कलात्मक जीवन जिउने उनको रुचि हो । । ‘यसमा मलाई भावनाले साथ दिएकी छिन्,’ उनले कुरा टुंग्याए । 

जेठ ५, २०८१

सू ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखिका सू​को उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।  अन्तर्राष्ट्रिय प्रकाशन ‘फो...

जेठ ९, २०८१

बहुप्रतिभाका धनी कीर्तिमानी गीतकार, कृतिकार डा. डीआर उपाध्याय/खनालको सिर्जनाले विश्वको कुना–कुनासम्म स्थान बनाएको छ । गिनिज बुक्स अफ रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, युकेलगायत विश्वका विभिन्न वल्र्ड रेक...

बैशाख २१, २०८१

‘जब टेक्छु  यो लमतन्न राजमार्ग  टेकेँ जस्तो लाग्छ – आपाको आङ चालिस बसन्तअघि लक्का जवान हुँदा  गिट्टि सपनाको अलकत्रा घोलेर  बनाएका थिए रे आपाले यो मार्ग’ बीस बस...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

जेठ २४, २०८१

शब्दाङ्कुर प्रकाशन र वर्तमान कविता समूहको आयोजनामा विश्व वातावरण दिवस (पर्यावरण दिवस)को अवसर पारेर  हरित काव्य गोष्ठी सम्पन्न भएको छ । बुधवार पशुपति क्षेत्रको किरातेश्वर मृगस्थलीस्थित सत्य सनातन बाबाको कुट...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

असोज १५, २०८१

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...

x