२५ असार २०८३, बिहीबार

इक्विटी लगानीका लागि ​प्रोफेसनल एजुकेटर्स र नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता​​

साउन ७, २०८१
काठमाडौं
इक्विटी लगानीका लागि ​प्रोफेसनल एजुकेटर्स र नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता​​

प्रोफेसनल एजुकेटर्स लिमिटेड (ग्लोबल ग्रुप) र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीचमा सम्झौता भएको छ । संस्थागत विकासको वृहत्तर अवधारणाअनुरूप इक्विटी लगानीका लागि सम्झौता भएको हो ।

प्रोफेसनल एजुकेटर्स २० वर्षको गौरवशाली शैक्षिक इतिहास निर्माण गरिसकेको प्रतिष्ठित शैक्षिक संस्था हो । 

नेपालको शैक्षिक विकासका लागि विद्यालय तहदेखि उच्च शिक्षाका क्षेत्रमा विश्वस्तरीय शिक्षा प्रदायक शैक्षिक संस्थाहरूको स्थापना र प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०६१ मा स्थापित प्रोफेसनल एजुकेटर्स लिमिटेडको नाम प्राज्ञिक जगतमा अग्रणी छ ।

null

ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल स्कूल अफ साइन्स, युनिग्लोब स्कूल/कलेज, भ्याली भ्यु स्कूल, ग्लोबल कलेज इन्टरनेशनल र लिबर्टी कलेज जस्ता ख्यातिप्राप्त शैक्षिक संस्थाहरूको स्थापना, व्यवस्थापन एवं सञ्चालनका क्रममा निजी क्षेत्रको विशिष्ट योगदानस्वरूप विभिन्न क्षेत्रबाट उच्च योगदान पुर्‍याउँदै आएका विज्ञ व्यक्तित्वहरूको संलग्नतामा आरम्भ भएको शैक्षिक यात्राले आज सुनौलो गन्तव्य पहिल्याउन सफल भएको छ ।​

गुरु पूर्णिमाका दिन यही साउन ६ गते प्रोफेसनल एजुकेटर्स लिमिटेडका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा, नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्दलाल सङ्घाई, वरिष्ठ सञ्चालक तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल तथा दुवै प्रतिष्ठित कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, वरिष्ठ अधिकृतहरू, चार्टर्ड एकाउन्टेन्टहरू तथा कानूनी सल्लाहकारहरू समेतको उपस्थितिमा रोयल सिङ्गी होटेलमा आयोजना भएको विशेष समारोहमा प्रोफेसनल एजुकेटर्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले इक्विटी लगानी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

null

salt training

कमेन्ट गर्नुहोस्