२४ असार २०८३, बुधबार

हिमालयन डिस्टिलरी सर्वोत्कृष्ट गोल्ड पुरस्कारबाट सम्मानित

साउन ८, २०८१
काठमाडौं
हिमालयन डिस्टिलरी सर्वोत्कृष्ट गोल्ड पुरस्कारबाट सम्मानित

नेपालको अग्रणी मदिरा उत्पादन कम्पनी हिमालयन डिस्टिलरी लिमिटेड प्रतिष्ठित राष्ट्रिय प्रतिवेदन २०२३ पुरस्कारबाट सम्मानित भएको छ ।

इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपाल (आईक्यान)को १० औं वार्षिक परिषद्को भव्य समारोहमार्फत डिस्टिलरीलाई सम्मान गरिएको हो ।

उत्कृष्ट सञ्चालन र पारदर्शी व्यापार अभ्यास गर्दैगर्दा प्राप्त पुरस्कारबाट अझै हौसला मिलेको कम्पनीले जनाएको छ । 

साथै आगामी दिनमा कर्पोरेट सुशासन र वित्तीय अखण्डताको उच्चतम मापदण्ड कायम गर्ने प्रतिबद्धता कम्पनीले गरेको छ ।

पुरस्कृत भएपछि कम्पनीले आफ्ना वितरक, कर्मचारी, व्यवस्थापन, सेयरधनीसहित  निरन्तर सहयोग गर्ने र साझेदारहरूप्रति कृतज्ञता प्रकट गरेको छ ।​​​

null

साझेदारहरूको निरन्तर साथले अझ बढी उचाइ हासिल गर्न सक्ने विश्वास कम्पनीले राखेको छ । 

सन् १९८५ मा स्थापना भएको हिमालयन डिस्टिलरी मुलुकको अग्रणी मदिरा उत्पादक हो । खोज, विकास, उत्पादन र बजारमा गुणस्तर कायम गर्न हिमालयन डिस्टिलरीको महत्त्वपूर्ण योगदान छ ।

हिमालयन डिस्टिलरीले गोल्डेन ओक, ब्ल्याक ओक, सिल्भर ओकजस्ता लोकप्रिय मदिरा उत्पादन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्