०७ साउन २०८३, बिहीबार

आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पोलियो विरुद्धको विशेष खोप अभियान

साउन ९, २०८१
काठमाडौं
आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पोलियो विरुद्धको विशेष खोप अभियान

आजदेखि ५ वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम शुरू हुने भएको छ । 

काठमाडौंमा पोलियो भाइरस पुष्टि भएपछि सरकारले उपत्यकाका तीन जिल्लामा शनिबारसम्म पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन गरेको हो । 

नियमित खोप लिएका बालबालिकालाई पनि पोलियो थोपा खुवाउनु पर्छ ।

काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले महानगरबासीलाई आग्रह गरेको छ ।

काठमाडौंको टुकुचा खोला र बागमती नदीको सङ्गमस्थलबाट गत जेठ १३ गते सङ्कलन गरिएको ढलको पानी परीक्षण गर्दा परिवर्तित पोलियो भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखा परेको थियो।

कमेन्ट गर्नुहोस्