२९ जेठ २०८३, शुक्रबार

यसवर्षको शोभाअर्जुन संगीत पुरस्कार गायिका गौतमलाई प्रदान गरिने

साउन ९, २०८१
काठमाडौं
यसवर्षको शोभाअर्जुन संगीत पुरस्कार गायिका गौतमलाई प्रदान गरिने

यो वर्षको 'शोभा अर्जुन संगीत पुरस्कार' गायिका कोपिला गौतमलाई प्रदान गरिने भएको छ ।

करिब २० वर्षदेखि नेपाली लोक संगीत तथा लोक दोहोरी विधामा योगदान पुर्‍याउँदै आएकी गौतमलाई यस वर्षको 'शोभा अर्जुन संगीत पुरस्कार' प्रदान गरिने भएको हो । 

शोभा अर्जुन संगीत कोषको तर्फबाट प्रदान गरिने पुरस्कारको राशी  २० हजार रहेको छ । 

उक्त पुरस्कार यही साउन ११ गते प्राध्यापक तथा गायिका शोभा तिवारी लोहनीको ७१औं जन्मजयन्तीको अवसरमा प्रदान गरिने छ । 

गायिका गौतमको स्वास्थ्य अवस्थाको प्रतिकूलताका कारण उक्त पुरस्कार उनको निवासमा नै प्रदान गरिने छ । 

गौतमले प्राध्यापक तिवारीसँग ललितकला क्याम्पसमा उनको विद्यार्थीको रूपमा नेपाली लोक संगीत अध्ययन गरेकी थिइन् ।

गायिका गौतम विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित छिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्