
त्रिभुवन विमानस्थलमा बुधवार बिहान भएको विमान दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरले १७ जनाको मृत्यु भएको लोकान्तरलाई जानकारी दिए ।
‘१७ जनाको मृत्यु भएको छ, पाइलटसहित दुई जनाको उपचार भइरहेको छ,’ महानिरीक्षक कुँवरले लोकान्तरसँग भने ।
गम्भीर अवस्थाका पाइलट एमआर शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक कुँवरसहित सुरक्षा अधिकारी विमानस्थलमा छन् ।