३० जेठ २०८३, शनिबार

ग्राण्ड प्रिमियरसँगै ‘नेपहपको श्रीपेच २’को प्रसारण सुरु

साउन १२, २०८१
काठमाडौं
ग्राण्ड प्रिमियरसँगै ‘नेपहपको श्रीपेच २’को प्रसारण सुरु

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को औपचारिक प्रसारण सुरु गरिएको छ । बिहीबार कान्तिपुर टेलिभिजनबाट कार्यक्रमको ग्राण्ड प्रिमियर गरिएको थियो । उक्त प्रिमियरमा कार्यक्रमका जज साथै मेन्टरहरूले पनि प्रस्तुति दिएका थिए ।  

प्रतियोगिताका लागि पाँच हजारभन्दा धेरै प्रतियोगीहरूको डिजिटल अडिसन प्राप्त भएको थियो भने त्यस मध्यबाट पाँचसय उत्कृष्ट छनौट गरी फिजिकल अडिसन लिइएको थियो । कार्यक्रम हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा ९ बजे प्रसारण हुनेछ भने प्रतियोगिता ३२ एपिसोडको हुनेछ ।  

नेपहपको श्रीपेच २ को विजेताले रु १० लाख नगद, वर्ल्ड टुरको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् भने उपबिजेताले नगद पाँच लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् । हालसम्म कार्यक्रमको अस्ट्रेलिया, अमेरिका र दुबई टुर पनि कन्फर्म भइसकेको छ ।  

दामी मिडियाको प्रस्तुति रहेको ‘नेपहपको श्रीपेच २’ को कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन् भने कार्यकारी निर्माताको रूपमा रोशन कुमार श्रेष्ठ रहेका छन् । कार्यक्रममा निर्णायकको रूपमा मानस घले, गिरिश खतिवडाको र महेश तामाङ दोङ रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्